लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्किएपछि आकस्मिक अवतरण
प्रकाशित मिति: आइतबार, पौष १५, २०८१ | १४:११:२५
चितवन, १४ पौष । लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्किँदा भक्तपुरको साँगामा आकस्मिक अवतरण गरेको छ ।
आइतबार बिहान सवा १० बजे हेलि एभेरेष्टको ९ एन-एकेजी हेलिकप्टर लुक्लाबाट काठमाडौं आउँदै गर्दा चरा ठोक्किएको हो । चरा ठोक्किएपछि पाइलटले हेलिकप्टर साँगामा आकस्मिक अवतरण गराएका हुन् ।
स्रोतका अनुसार हेलिकप्टरमा विदेशी पाइलट र पाँच जना यात्रु गरी ६ जना सवार थिए।
प्रकाशित मिति : आइतबार, पौष १५, २०८१ |
१४:११:२५
881