माओवादीको पदाधिकारी बैठक बस्दै
प्रकाशित मिति: आइतबार, पौष १५, २०८१ | १४:४४:३३
चितवन, १४ पौष । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । विद्यार्थी संगठन अखिल क्रान्तिकारीको उमेरहद सम्बन्धी मतगणनामा भएको विवाद मिलाउन माओवादीले बैठक बोलाएको हो ।
बैठक आइतबार दिउँसो ३ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बस्ने छ । अखिल क्रान्तिकारीको नेतृत्वमा उमेर हदको छिनोफानोका लागि भएको चुनावको मतपरिणाम सार्वजनिक गरिएको छैन।
शनिबार बेलुका ७ बजे मत गनेर सकिएपनि परिणाम सार्वजनिक नगरी निर्वाचन समितिका पदाधिकारीहरू पार्टीका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए। साेही विवाद मिलाउन अध्यक्ष प्रचण्डले बैठक बाेलाएकाे बुझिएको छ ।
प्रकाशित मिति : आइतबार, पौष १५, २०८१ |
१४:४४:३३
1387