२०८४ को निर्वाचनमा विप्लवको पार्टीले पनि भाग लिने
प्रकाशित मिति: मंगलबार, पौष १७, २०८१ | १९:२३:०५
चितवन , १६ पुष । नेत्रबिक्रम चन्द नेतृत्व (विप्लव)को नेपाल कम्युनिष्ट पार्टीले निर्वाचनमा भाग लिने भएको छ । हालै सम्पन्न केन्द्रिय समितिको बैठकको निर्णय सार्बजनिक गर्दै चन्द नेतृत्वको नेकपाले निर्वाचनमा भाग लिने बताएकाे हाे ।
‘२०८४ को निर्वाचनमा पार्टी दर्ता गरेर उपयुक्त निर्वाचन लिइनेछ’ सो पार्टीका प्रवक्ता खडगप्रसाद विश्वकर्माले जानकारी दिए । उनका अनुसार फागनु २१ गते देखी झापा–कञ्चनपुरसम्मको जनमार्च गरिने पनि उनले उल्लेख गरेका छन् ।
प्रकाशित मिति : मंगलबार, पौष १७, २०८१ |
१९:२३:०५
947