पौषको अन्तिमदेखि हिउँदे अधिवेशन बोलाउने सरकारको तयारी
प्रकाशित मिति: मंगलबार, पौष १६, २०८१ | १९:३२:२१
चितवन , १६ पुष । संघीय संसद्को हिउँदे अधिवेशन पुसको अन्त्यतिर आह्वान गर्ने तयारी भएको छ । सरकारले पुस २५ पश्चात् अधिवेशन बोलाउने तयारी गरेको हो । एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार संघीय संसद्को हिउँदे अधिवेशन बोलाउने तयारीमा सरकार जुटिसकेको छ ।
सरकारले अब बोलाउने अधिवेशन पाँचौँ हो । यसअघि संघीय संसद्को चौथो अधिवेशन २०८१ साल वैशाख २८ गते मंगलबार प्रारम्भ भई २०८१ साल भदौ ३१ सम्म चलेको थियो ।
प्रकाशित मिति : मंगलबार, पौष १६, २०८१ |
१९:३२:२१
463