पेट्रोलको भाँडामा आगो सल्कँदा घर जलेर नष्ट
प्रकाशित मिति: बिहिबार, पौष १८, २०८१ | १०:५९:१७
चितवन, १८ पुस । दोलखामा आगलागी हुँदा एकजना घाइते भएका छन् । वाग्मती प्रदेश प्रहरी कार्यालयकाक अनुसार जिरी नगरपालिका–२, छेर्मादिङस्थित ढुंगा र माटोबाट निर्मित जस्ताको छानो रहेको दुईतले कच्ची घरमा आगलागी भएको हो ।
स्थानीय ३४ वर्षीय भीमबहादुर खड्काको उक्त घरमा बुधबार (हिजो) बेलुका करिब ८ बजेतिर आगलागी भएको थियो ।भान्साकोठामा ट्रयाक्टरमा प्रयोग गर्न राखिएको ‘पेट्रोल’को भाँडामा आगो सल्कँदा घर जलेर नष्ट भएको जनाएको छ ।
आगो निभाउने क्रममा घरधनी खड्का घाइते भएका छन् । उनको बायाँ खुट्टाको घुँडामुनिको भागमा आगोले पोलेको प्रहरीले जनाएको छ ।
स्थानीय र प्रहरीको सहयोगमा बुधबारै राति करिब ९ः५० बजे आगलागी नियन्त्रणमा लिइएको थियो । घाइते खड्का जिरी अस्पतालमा उपचाररत छन् ।
प्रकाशित मिति : बिहिबार, पौष १८, २०८१ |
१०:५९:१७
463