नेपालकी पहिलो महिला राजदूत बिन्देश्वरी शाहको निधन
प्रकाशित मिति: बिहिबार, पौष १९, २०८१ | १३:२९:०७
चितवन, १८ पुस । नेपाल सरकारको परराष्ट्र सेवामा लामो समय योगदान पुर्याएकी बिन्देश्वरी शाहको निधन भएको छ। ९१ वर्षको उमेरमा बिहीबार बिहान उनको निधन भएको हो।
सन् १९३३ फेब्रुअरी १३ मा भारतको कर्सियोङमा जन्मेकी शाहले सेन्ट हेलेन्स कन्भेन्ट, कुर्सियोङबाट स्कुले शिक्षा लिएकी थिइन्। उनले अमेरिकाको बर्नार्ड कलेज, कोलम्बिया विश्वविद्यालयबाट स्नातक र जोन्स हप्किन्स विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय मामिलामा स्नातकोत्तर गरेकी थिइन्।
प्रकाशित मिति : बिहिबार, पौष १९, २०८१ |
१३:२९:०७
2751





















