बालेनले ‘लाज शरणम्’का लागि रेकर्ड गरे गीत
प्रकाशित मिति: शुक्रबार, पौष १९, २०८१ | १२:१३:०५
चितवन, १९ पौष । काठमाडौँ महानगरपालिकाका मेयर समेत रहेका र्यापर बालेन शाहले प्रदर्शन तयारीमा रहेको फिल्म ‘लाज शरणम्’मा गीत गाउँदै पार्श्व गायनमा डेब्यु गरेका छन् । उनको शब्द, संगीत र स्वर रहेको हिपहप गीत रेकर्ड भइसकेको छ । ‘बालेनजीले गीत रेकर्ड गरिसक्नुभएको छ,’ फिल्म निर्माता कम्पनी जेपीटी क्रिएसनका प्रमुख अर्जुन घिमिरेले भने ।
उनका अनुसार अहिले अर्का गायक मिस्टर डीले उक्त गीतको बाँकी काम हेरिरहेका छन् । घिमिरेका अनुसार केही समयअघि नै यो गीतको रेकर्ड भइसकेको छ । गीतलाई फिल्म रिलिजअघि सार्वजनिक गर्ने तयारी छ । यो फिल्म १४ फागुनमा प्रदर्शन तयारीमा छ ।
प्रकाशित मिति : शुक्रबार, पौष १९, २०८१ |
१२:१३:०५
727