सभापतिलाई अप्ठ्यारो पार्ने गरी सहकारी सम्बन्धी अध्यादेश ल्याइयो : रास्वपा
प्रकाशित मिति: शनिबार, पौष २१, २०८१ | १८:२२:०६
चितवन, २० पौष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले ल्याएको सहकारी सम्बन्धी अध्यादेश आफ्नो पार्टीका सभापति रवि लामिछानेलाई अप्ठ्यारो पार्ने गरी ल्याइएको बताएको छ । आजबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकले सहकारी सम्बन्धी अध्यादेश र संविधान संशोधनबारे कसरी धारणा राख्ने भन्नेबारे पनि छलफल भएको छ ।
बैठकपछि सञ्चारकर्मीसँग सांसद गणेश कार्कीले भने, ‘सहकारीको समस्या समाधान गरेर पीडितलाई न्याय दिने र सहकारी ठगलाई कठघरामा उभ्याउने गरी काम गर्नुपर्ने बेलामा अध्यादेशमार्फत सरकारले आफू र आफू नजिककालाई बचाउने र सहकारीलाई अझ धराशायी बनाउने प्रक्रियामा भूमिका खेलेको छ,’ ‘रास्वपा सभापतिलाई अफ्ठ्यारो पार्नेगरी मात्रै दफा छिराइएको छ । संविधान संशोधनका बारेमा पनि कसरी प्रश्तुत हुने भन्नेबारेमा छलफल हुनेछ ।’
प्रकाशित मिति : शनिबार, पौष २१, २०८१ |
१८:२२:०६
1189