रास्वपाले गठन गर्यो संविधान संशोधनबारे कार्यदल
प्रकाशित मिति: आइतबार, पौष २१, २०८१ | १३:५८:२८
चितवन, २१ पौष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधानमा संसोधनबारे सुझाव दिन कार्यदल गठन गरेको छ। शनिबारदेखि जारी पार्टीको केन्द्रीय समितिको बैठकले प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्व ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गर्ने निर्णय गरेको हो।
कार्यदलको सदस्यमा कान्तिशिखा धिताल, डाक्टर नन्दन यादव, गणेश कार्की, सोविता गौतम, असिम साह, डाक्टर तोसिमा कार्की, डाक्टर अच्युतम लामिछाने र मेघ आले रहेका छन्।
प्रकाशित मिति : आइतबार, पौष २१, २०८१ |
१३:५८:२८
639