दीपक मनाङेको मुद्दामा सर्वोच्चले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक
प्रकाशित मिति: आइतबार, पौष २१, २०८१ | १४:०६:२९
चितवन, २१ पौष । गण्डकी प्रदेशका निलम्बित सांसद दीपक मनाङे (राजीव गुरुङ)को कर्तव्य ज्यान सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । न्यायाधीशद्धय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाले २०८१ कात्तिक २० गते सुनाएको फैसलाको पूर्णपाठ सर्वोच्चले सार्वजनिक गरेको छ ।
न्यायाधीशद्धय सुवेदी र ढुङ्गानाको इजलासले मनाङेलाई कर्तव्य ज्यान सम्बन्धी उद्योग मुद्दामा दोषी ठहर गर्दै पाँच वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चको फैसला लगत्तै उनी केही दिन फरार रहेका थिए । फरार रहेका उनलाई कात्तिक २७ गते प्रहरीले राजधानीको सानोभर्याङको कम्फर्ट हाउजिङबाट प्रहरीले पक्राउ गरेको थियो ।
फैसलाको पूर्णपाठ:
प्रकाशित मिति : आइतबार, पौष २१, २०८१ |
१४:०६:२९
793