ग्यास चुहिएर आगलागी हुँदा एक वृद्धाको मृत्यु
प्रकाशित मिति: आइतबार, पौष २१, २०८१ | १४:१९:१९
चितवन, २१ पौष । पर्वतको कुश्मा नगरपालिका–१०, पिपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घटनास्थलमा एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार पिपलटारीस्थित तल्लो रोहोटेका ध्रुव रेग्मीको घरको ग्यास आज बिहान फेर्ने क्रममा चुहिएर एक्कासि आगलागी हुँदा जलेर छिमेकी ७३ वर्षीया दुर्गादेवी पौडेलको मृत्यु भएको हो । पौडेल चिया पिउन र दूध लिन रेग्मीको घरमा गएकी थिइन् ।
घरधनी ५२ वर्षीय रेग्मी गम्भीर घाइते भएका छ । उनका अनुसार, जिल्ला अस्पताल पर्वतमा घाइतेको प्राथमिक उपचार गरिएको थियो । थप उपचारका निम्ति रेग्मीलाई पोखरा पठाइएको छ ।
आगलागीलगत्तै सदरमुकाम कुश्माबाट पुगेको प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट घरमा क्षति पुगेको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, पौष २१, २०८१ |
१४:१९:१९
705