पृथ्वी जयन्ती : राप्रपाको चियापानमा प्रधानमन्त्री (तस्बिरहरु)
प्रकाशित मिति: शनिबार, पौष २७, २०८१ | १७:२३:०७
चितवन, २७ पौष । प्रधानमन्त्री केपी शर्मा ओली पृथ्वीनारायण शाहको ३०३ औँ जन्तजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागी भएका छन् ।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरूले स्वागत गरेका थिए ।
चियापानमा कांग्रेस नेता तथा राज्य व्यवस्था समितिका सभापति रामहरि खतविडालगायत नेताहरू पनि सहभागी थिए ।
प्रकाशित मिति : शनिबार, पौष २७, २०८१ |
१७:२३:०७
661