रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित
प्रकाशित मिति: आइतबार, पौष २९, २०८१ | ९:४२:५८
चितवन, २८ पौष । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आज जिल्ला अदालत काठमाडौं थुनछेक बहस हुने भएको छ । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादी लामिछाने अहिले जिल्ला अदालतमा उपस्थित भएका छन् ।
यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
प्रकाशित मिति : आइतबार, पौष २९, २०८१ |
९:४२:५८
1167