रवि लामिछानेको थुनछेक बहस सुरु
चितवन, २९ पौष । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ । आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले सोमबार पुनः अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरेसँगै उनलाई हिजो प्रहरी हिरासतमा राखिएको थियो ।
सुर्य दर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिनपछि गत बिहिवार साँझ ६५ लाख धरौंटी बुझाएर पोखराबाट छुटेका थिए ।
त्यहाँबाट छुटेपनि कालिमाटीस्थित स्वर्णलक्ष्मी वहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछानेसहितलाई प्रतिवादी बनाइएर मुद्धा परेपछि उनकाे काठमाडौंमा पनि बयान लिइएको हो ।
उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको लामिछानेसहितलाई आरोप छ ।