जापानमा ६.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
प्रकाशित मिति: सोमबार, पौष २९, २०८१ | २०:०४:३५
चितवन, २९ पौष । जापानको दक्षिण–पश्चिमी क्षेत्रमा ६.८ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस)का अनुसार सोमबार ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पका कारण अधिकारीहरूले सुनामीको चेतावनी जारी गरेका छन् । जापान मौसम विज्ञान एजेन्सी (जेएमए)ले क्युशु क्षेत्रको मियाजाकी प्रिफेक्चर नजिकै भूकम्प गएपछि राति २१ः१९ बजे (१२१९ जिएमटी) एक मिटर (तीन फिट)सम्मको सुनामी छाल आउनसक्ने बताएको छ ।
युएसजिएसले आफ्नो अनुमान ६.९ म्याग्निच्युडबाट घटाएर ६.८ गर्दै यो भूकम्पबाट कुनै सुनामीको खतरा नभएको बताएको छ । तैपनि जेएमएले जनतालाई तटीय पानीबाट टाढा रहन आग्रह गरेको छ । एजेन्सीले एक्समा भनेको छ, ‘सुनामी बारम्बार आउन सक्छ । कृपया समुद्रमा नजानुहोस् वा तटीय क्षेत्रहरू नजिक नजानुहोस् ।’
प्रकाशित मिति : सोमबार, पौष २९, २०८१ |
२०:०४:३५
683