माओवादी पदाधिकारी बैठक बस्दै
प्रकाशित मिति: बुधबार, माघ ०३, २०८१ | ११:३९:०७
चितवन, ०२ माघ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे बस्नेगरी बोलाइएको छ । नेताहरूको जिम्मेवारी टुङ्ग्याउन र अभियानबारे कार्ययोजना बनाउन पदाधिकारी बैठक बोलाइएको नेताहरूले बताएका छन् ।
माओवादी केन्द्रको केन्द्रीय समितिको छैटौँ पूर्ण बैठक (पुस २१–२३ गते) ले नेताहरूको नयाँ कार्यविभाजन गर्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति : बुधबार, माघ ०३, २०८१ |
११:३९:०७
3851



















