सुप्रिम सहकारी ठगी प्रकरण : रविसहित ४२ जनाविरुद्ध मुद्दा दायर
प्रकाशित मिति: आइतबार, माघ ०६, २०८१ | १४:५३:२४
चितवन , ०६ माघ । बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले जिल्ला अदालत रुपन्देहीमा आइतबार मुद्दा दायर गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित यो सहकारी ठगी प्रकरणमा ४२ जना प्रतिवादी पुगेका छन् । उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको हाे ।
प्रकाशित मिति : आइतबार, माघ ०६, २०८१ |
१४:५३:२४
661