राष्ट्रपति समक्ष सङ्घीय संसद् अधिवेशन आह्वान गर्न सिफारिश
प्रकाशित मिति: सोमबार, माघ ०७, २०८१ | १९:०६:००
चितवन, ०७ माघ । सरकारले सङ्घीय संसद्को आगामी हिउँदे अधिवेशन यही माघ १८ गतेका लागि आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को आज बसेको बैठकले सङ्घीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को आगामी अधिवेशन माघ १८ गते शुक्रबार दिउँसो १ बजे बस्ने गरी आह्वान गर्न राष्ट्रपति समक्ष अनुरोध गर्ने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले जानकारी दिए ।
यसैबिच, बैठकले शिक्षकको निवृत्तिभरणसम्बन्धी अध्यादेशका सम्बन्धमा आएको विषयमा अब नियुक्ति हुने शिक्षकको हकमा मात्र लागू हुने तथा यसअघिको प्रावधान कुनै प्रभावित नहुने शिक्षा मन्त्री विद्या भट्टराईले बताइन् ।
प्रकाशित मिति : सोमबार, माघ ०७, २०८१ |
१९:०६:००
881