रित्तो गाग्री बोकेर काठमाडौं आए धरानका मेयर हर्क साम्पाङ
प्रकाशित मिति: सोमबार, माघ ०७, २०८१ | १९:०९:३४
चितवन, ०७ माघ । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ रित्तो गाग्री बोकेर काठमाडौं आइपुगेका छन् । सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको भन्दै मेयर सम्पाङ रित्तो गाग्री बोकेर यहाँ आएका हुन् ।
आज (सोमबार) काठमाडौं आएका उनी मंगलबार खाली गाग्री लिएरै प्रधानमन्त्रीसहितलाई भेट्न सिंहदरबार जाने भएका छन् । यसअघि आजै मेयर सम्पाङले धरानको भानुचोकमा रितो गाग्री बोकेर प्रदर्शन गरेका थिए ।
प्रकाशित मिति : सोमबार, माघ ०७, २०८१ |
१९:०९:३४
661