प्रहरीले गाग्री खोसेपछि रित्तै सिंहदरबार छिरे हर्क साम्पाङ
प्रकाशित मिति: मंगलबार, माघ ०८, २०८१ | १२:१०:३८
चितवन, ०८ माघ । धरान उपमहानगरका मेयर हर्क साम्पाङ रित्तो गाग्री बोकेर सिंहदरबार छिर्न खोजेपछि प्रहरीले रोकेको छ ।
मंगललबार बिहान रित्तो गाग्री लिएरै प्रधानमन्त्री र खानेपानीमन्त्रीलाई भेट्न सिंहदरबार हिँडेका साम्पाङलाई प्रहरीले रोकेर गाग्री खोस्यो । प्रहरीले गाग्री खोसेपछि एकछिन तनावको स्थिति सिर्जना भएको थियो ।
मेयर साम्पाङलाई सिंहदरबार प्रवेश गर्न भने दिइएको छ । सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको भन्दै उनी खाली गाग्री बोकर सोमबार काठमाडौं आएका गिए ।
प्रकाशित मिति : मंगलबार, माघ ०८, २०८१ |
१२:१०:३८
749