सम्पर्कविहीन १५ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
प्रकाशित मिति: बिहिबार, माघ ११, २०८१ | १२:४६:२४
चितवन, १० माघ । आफूखुसी कार्यालयमा गैरहाजिर भएका नेपाल प्रहरीका १५ जनालाई ७ दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।
प्रहरी महानिरीक्षकको सचिवालयले आज सार्वजनिक सूचना जारी गरी गैरहाजिर हुनुको कारणसहित सम्पर्कमा आउन भनेको हो । अन्यथा प्रहरी नियमावली अनुसार कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।

प्रकाशित मिति : बिहिबार, माघ ११, २०८१ |
१२:४६:२४
2245





















