वरिष्ठ अधिवक्ता त्रिपाठीविरुद्ध सर्वोच्चमा मुद्दा दायर
प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८१ | १४:२४:१७
चितवन, ११ माघ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । सर्वोच्च अदालतको अवहेलना गरेको भन्दै दिलबहादुर राईले वरिष्ठ अधिवक्ता त्रिपाठीविरुद्ध मुद्दा दायर गरेका हुन् ।
टेलिभिजन अन्तर्वार्तामा त्रिपाठीले अदालत र न्यायाधीशको अपमान हुने गरी अभिव्यक्ति दिएको भन्दै निवेदनमा कारबाहीको माग गरिएको छ ।
निवेदनमाथि आइतबार सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुने भएको छ ।
प्रकाशित मिति : शुक्रबार, माघ १२, २०८१ |
१४:२४:१७
991