हिउँदे अधिवेशनको पहिलो दिन प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने
प्रकाशित मिति: आइतबार, माघ १४, २०८१ | १४:२१:१०
चितवन, १३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो दिन संसद्मा सम्बोधन गर्ने भएका छन् ।
संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेका लागि बोलाइएको छ । उक्त दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।
आइतबार सभामुख देवराज घिमिरेले सत्तारूढ दलका सचेतक र प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए।
उनले आइतबार नै प्रमुख प्रतिपक्षीसहित विपक्षी दलका प्रमुख सचेतकसँग पनि छलफल गर्दै छन्।
प्रकाशित मिति : आइतबार, माघ १४, २०८१ |
१४:२१:१०
969