नेदरल्याण्ड्सविरुद्ध पहिले बलिङ गर्दै नेपाल
प्रकाशित मिति: बिहिबार, माघ १८, २०८१ | १२:५४:३१
चितवन, १७ माघ । महिला त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको उद्घाटन खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केही समयमा सुरु हुने खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो ।
सिरिजमा नेपाल र नेदरल्यान्ड्ससँगै थाइल्यान्डको सहभागिता छ । नेपालले दोस्रो खेल शनिबार थाइल्याण्डसँग खेल्ने छ । यस्तै माघ २० मा नेदरल्याण्ड्स, माघ २२ मा थाइल्याण्ड, माघ २३ मा नेदरल्याण्ड्स र माघ २५ मा थाइल्याण्डसँग खेल्ने छ ।
नेपालको प्लेइङ ११ : इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सीता रानामगर, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, कविता कुँवर, कविता जोशी, मनिषा उपाध्याय र ईश्वरी विष्ट
प्रकाशित मिति : बिहिबार, माघ १८, २०८१ |
१२:५४:३१
925