कांग्रेसको संसदीय दलको बैठक विना निष्कर्ष स्थगित
प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८१ | १२:४८:१०
चितवन, १८ माघ । सत्ताको मुख्य घटक नेपाली कांग्रेसको संसदीय दलको बैठक बिना निष्कर्ष टुङ्गिएको छ ।
आज संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकमा बोल्ने व्यक्तिहरूको सूची लामो भएकाले कुनै निष्कर्ष ननिस्केको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार अर्को बैठक २४ गते बिहान बस्नेछ ।
उनले भने, ‘सांसदहरूले बोल्ने क्रम सकिएको छ । मन्त्रीहरू र नेताहरूले बोल्ने क्रम बाँकी छ । २४ गते संसद्को बैठक बस्छ । त्यहिदिन बिहान बैठक बस्नेगरी बैठक स्थगित गरिएको छ’, ‘आजको बैठकमा अध्यादेशको विषयमा सांसदहरूले कुरा उठाउनुभएको छ । ती बाहेक आफ्ना क्षेत्रका समस्याबारे कुरा उठेका छन्’, ।
प्रकाशित मिति : शुक्रबार, माघ १९, २०८१ |
१२:४८:१०
4313



















