माओवादी केन्द्रको पदाधिकारी बैठक सर्यो
प्रकाशित मिति: आइतबार, माघ २१, २०८१ | ११:५५:२७
चितवन, २० माघ । नेकपा माओवादी केन्द्रको पदाधिकारी सरेको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक बैठक दिउँसो २ बजेलाई सारिएको हो ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरूको जिम्मेवारी हेरफेर, कार्य विभाजन, अवकाश विद्यार्थीहरूको व्यवस्थापन, पूर्व–पश्चिम तथा मध्य पहाडी राजमार्गमा हुने कार्यक्रमको खाका लगायत समसामयिक विषयमा निर्णय लिन बैठक बोलाएका थिए ।
तर उनी गृह जिल्ला चितवनबाट आइपुग्न ढिलो भएकाले बैठक सारिएको बताइएको छ ।
प्रकाशित मिति : आइतबार, माघ २१, २०८१ |
११:५५:२७
1431