माओवादी केन्द्रको पदाधिकारी बैठक जारी
प्रकाशित मिति: सोमबार, माघ २२, २०८१ | १३:०५:४६
चितवन, २१ माघ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बैठक बसिरहेको हो ।
बैठकमा पार्टीका नेताहरूको कार्यविभाजन, पार्टीले सुरू गर्ने अभियानसहित पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल चलिरहेको बुझिएको छ ।
प्रकाशित मिति : सोमबार, माघ २२, २०८१ |
१३:०५:४६
947