स्वास्थ्यमन्त्री पौडेलद्वारा क्यान्सर रोगीलाई दिने किमो निःशुल्क गर्ने घोषणा
प्रकाशित मिति: बुधबार, माघ २४, २०८१ | १३:१२:००
चितवन, २३ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर रोगीलाई दिने किमो निःशुल्क गर्ने घोषणा गरेका छन् ।
आज पोखराको सीतलादेवी स्कुलमा एचपीभी खोप अभियान सुरु गर्दै उनले स्वास्थ्यलाई निःशुल्क र कम शुल्कमा प्राप्त गर्ने व्यवस्था मिलाउने बताए । नेपालमा क्यान्सरबाट हुने मृत्युदर बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै उनले यसको निर्मुलीकरणमा सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताए ।
तथ्यांकअनुसार नेपालमा दैनिक ६ महिलाको मृत्यु हुन्छ । त्यसमध्ये ४ जनाको पाठेघरको क्यान्सरबाट मृत्यु हुन्छ । ‘यो सामान्य तथ्याङ्क होइन । क्यान्सर खानपान, वातावरण जस्ता कारणले बढेको छ,’ उनले भने, ‘यो रोगको नियन्त्रण गर्ने र निर्मूल गर्ने उद्देश्य छ ।’
प्रकाशित मिति : बुधबार, माघ २४, २०८१ |
१३:१२:००
969