कांग्रेस संसदीय दलको बैठक जारी
प्रकाशित मिति: बिहिबार, माघ २५, २०८१ | १२:५२:२२
चितवन, २४ माघ । सत्तासाझेदार दल नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ । बिहीबार (माघ २४) बिहान नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बैठक बसेको हो ।
बैठकमा सरकारले ल्याएका अध्यादेशबारे कसरी प्रस्तुत हुने लगायतका समसामयिक, राजनीतिक विषयहरुमा छलफल भइरहेको छ ।
यस्तै पार्टी पदाधिकारी र कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले बैठकमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिइरहेका छन् ।
प्रकाशित मिति : बिहिबार, माघ २५, २०८१ |
१२:५२:२२
727