चितवनमा पनि रवि ५४ लाख धरौटीमा रिहा
प्रकाशित मिति: बिहिबार, माघ २५, २०८१ | १७:५१:५३
चितवन, २४ माघ । चितवन जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । साहारा सहकारीको रकम ठगी मुद्दामा न्यायाधीश दयाराम ढकालको इजलासले ५४ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
यस सहकारीको मुद्दामा बयान दिन लामिछाने बुधबार अदालत उपस्थित भएका थिए । उनको थुनछेक बहस नसकिएपछि बुधबार अदालतले प्रहरीको जिम्मा लगाएको थियो । बिहिबार भने बहस सकिएर आदेश नै आएकाे हाे ।
यसअघि रवि सूर्यदर्शन सहकारीमा कास्कीबाट ६५ लाख, स्वर्णलक्ष्मी सहकारीमा काठमाडौंबाट ६० लाख र सुप्रिम सहकारी प्रकरणमा रुपन्देही अदालतबाट १ करोड धरौटीमा छुटेका थिए ।
प्रकाशित मिति : बिहिबार, माघ २५, २०८१ |
१७:५१:५३
1717