काठमाडौंको कागेश्वरी मनोहरामा २ मोटरसाइकल ठाेक्किंदा एकजनाकाे मृत्यु
प्रकाशित मिति: आइतबार, माघ २८, २०८१ | १३:५५:१०
चितवन, २७ माघ । काठमाडौंको कागेश्वरी मनोहरामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ । शनिबार राति कागेश्वरी मनोहरा नगरपालिका-२ आलापोटस्थित सडकमा बा.प्र.०२-०३७ प ०९०३ नम्बरको मोटरसाइकल र बा.७१ प १४७१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे हाे ।
ज्यान गुमाउने बा.प्र. ०२-०३७ प ०९०३ नम्बरको मोटरसाइकलका चालक उदयपुर चौदण्डीगढी नगरपालिका घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने २१ वर्षीय राजन कटुवाल रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले बा.७१ प १४७१ नम्बरको मोटरसाइकलका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेकाे छ ।
प्रकाशित मिति : आइतबार, माघ २८, २०८१ |
१३:५५:१०
881