प्रधानमन्त्री ओली संविधान खारेज गर्न चाहन्छन् : प्रचण्ड
प्रकाशित मिति: सोमबार, माघ २९, २०८१ | १४:४६:३२
चितवन, २८ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली संविधान खारेज गर्ने पक्षमा रहेको आरोप लगाएका छन् ।
सोमबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग उनले मुलुकमा प्राप्त परिवर्तनका साथै संविधान नै खारेज गर्ने पक्षमा प्रधानमन्त्री ओली रहेको आरोप लगाएका हुन् । ‘हामीले धेरैपटक भनिनै सकेका छौं । उहाँले त आन्दोलन परिवर्तन सबै बर्बाद होस्, संविधान नै खारेज गर्न चाहने हो नि त हाम्रो अहिलेको प्रधानमन्त्री त,’ उनले भने ।
अध्यक्ष प्रचण्डले यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि त्यही भएको दाबी गरे ।
प्रकाशित मिति : सोमबार, माघ २९, २०८१ |
१४:४६:३२
2487



















