बालेनलाई सांसद अमरेशको चुनौती– हिम्मत भए सिंहदरबार भत्काएर देखाऊ
प्रकाशित मिति: सोमबार, माघ २९, २०८१ | १४:५७:२५
चितवन, २८ माघ । प्रतिनिधिसभाका सदस्य डा. अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई हिटलरको संज्ञा दिएका छन् । सांसद् सिंहले गरिब जनतामाथि डोजर चलाउने बालेनलाई चुनौती दिँदै हिम्मत भए सिंहदरबार र शीतलनिवास भत्काउन चुनौती दिए ।
‘म बालेन साहलाई च्यालेञ्ज गर्छु हिम्मत छ भने संसद् भवन भत्काएर देखाऊ । हिम्मत छ भने सिंहदरबार भत्काएर देखाऊ । हिम्मत छ भने रामशाहपथको सर्वोच्च अदालत भत्काएर देखाऊ । हिम्मत भए बालुवाटार र शीतलनिवास भत्काएर देखाऊ’, उनले भने, ‘काठमाडौँका मेयरको नाजीवाद शैली चल्दैन ।’
प्रतिनिधिसभाको आजको बैठकको सुरुमा आकस्मिक समय लिएर बोलेका सांसद सिंहले मेयर शाहले नाजीवादी शैलीमा गरिब र विपन्नहरूमाथि अन्याय गरिरहेको बताए ।
प्रकाशित मिति : सोमबार, माघ २९, २०८१ |
१४:५७:२५
705