शानदार म:म पसलमा सिलिण्डर विस्फोटमा घाइते भएका २ जनाको मृत्यु
प्रकाशित मिति: मंगलबार, माघ ३०, २०८१ | १३:२८:०९
चितवन, २९ माघ । काठमाडौंको कमलपोखरीस्थित शानदार म:म पसलमा गत बिहीबार भएको ग्यास सिलिण्डर विष्फोटमा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मकवानपुर हेटौँडाका रविन राई र उदयपुरका भीम बहादुर घले रहेका छन् । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत उनीहरूको गएराति मृत्यु भएको हो।
गत बिहीबार बिहान ग्यास सिलिण्डर विष्फोटपछिको आगलागीमा परी सोही पसलमा काम गर्ने ११ कामदार घाइते भएका थिए । घाइतेको उपचार जारी छ ।
प्रकाशित मिति : मंगलबार, माघ ३०, २०८१ |
१३:२८:०९
529