सरकारले ल्याएको अध्यादेश पास हुन सक्ने स्थिति छैन: अध्यक्ष प्रचण्ड
प्रकाशित मिति: मंगलबार, माघ ३०, २०८१ | १३:४६:०५
चितवन, २९ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारले ल्याएको अध्यादेश पास हुन सक्ने स्थितिमा नरहेको बताएका छन् ।
आज वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले सदनलाई अवमूल्यन गरेर ल्याएको अध्यादेश नै गलत रहेको बताए ।
प्रचण्डले भने, ‘सरकारले अहिले जसरी सदनलाई अवमुल्यन गरेर अध्यादेश ल्यायो त्यो गलत थियो । यसलाई अस्वीकार गरेका छौँ तर पारित हुन सक्ने स्थिति पनि छैन ।’
दुई तिहाइको अहङ्कारलाई राष्ट्रिय सभाले धक्का दिएको उल्लेख गर्दै उनले बहुमतले पेलेर जान सक्ने अवस्थामा सरकार नरहेको बताए ।
प्रकाशित मिति : मंगलबार, माघ ३०, २०८१ |
१३:४६:०५
793