१५ मिनेट स्थगित गरिएकाे संसद् बैठक एक घण्टा बित्दा पनि सुरू भएन
प्रकाशित मिति: मंगलबार, माघ ३०, २०८१ | १६:२०:०३
चितवन, २९ माघ । १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभाको बैठक एक घण्टा बित्दा पनि सुरू हुन भएकाे छैन ।
विशेष समयमा नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले बोलिसके पछि बैठक स्थगित भएको थियो।
विशेष समयको प्रकियाका बारेमा उपसभामुख ईन्दिरा रानाले कुरा नबुझ्दा बैठक स्थगित हुन गएको थियो।
आकस्मिक र शून्य समय सकिएपछि सभाको बैठकका नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिइएपछि विपक्षी दलका सांसदले प्रश्न उठाएका थिए ।
प्रकाशित मिति : मंगलबार, माघ ३०, २०८१ |
१६:२०:०३
1123