थुनामा राख्ने आदेशविरुद्ध छविलाल पुगे उच्च अदालत
प्रकाशित मिति: बुधबार, फाल्गुण ०१, २०८१ | १४:२०:११
चितवन, ३० माघ । पूर्वडीआईजी छविलाल जोशी बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत रुपन्देहीको आदेशविरुद्ध उच्च अदालत पुगेका छन् ।
सोमबार जिल्ला अदालत रुपन्देहीका न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले जोशीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको थियो ।
अधिवक्तासमेत रहेका जोशीका छोरा रोचक जोशीले थुनामा पठाउने सो आदेश र ठहर खण्डमा उल्लेखित विषय पूर्वाग्रही रहेकाले उक्त आदेश बदर माग गर्दै निवेदन दर्ता गराएका हुन् ।
प्रकाशित मिति : बुधबार, फाल्गुण ०१, २०८१ |
१४:२०:११
683