मेलम्चीको पाइप फुटेपछि बबरमहल जलमग्न
प्रकाशित मिति: बुधबार, फाल्गुण ०१, २०८१ | १६:०१:२८
चितवन, ३० माघ । काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेको छ । बुधबार दिउँसो साढे दुई बजेतिर यहाँ मेलम्ची खानेपानीको पाइप फुटेको हो।
पाइप फुटेपछि त्यहाँ वरपरको क्षेत्र जलमग्न भएको छ । सरकारी कार्यालय समेत डुबानमा परेका छन् ।
त्यहाँ अहिले नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरीको टोली खटिएकाे छ ।
प्रकाशित मिति : बुधबार, फाल्गुण ०१, २०८१ |
१६:०१:२८
837