खानेपानी मन्त्रीको आरोप– विद्युत् प्राधिकरणको गल्तीले बबरमहलमा पाइप फुट्यो
प्रकाशित मिति: बुधबार, फाल्गुण ०१, २०८१ | १८:१३:३३
चितवन, ३० माघ । खानेपानी मन्त्री प्रदीप यादवले नेपाल विद्युत् प्राधिकरणको गल्तीका कारण मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको आरोप लगाएका छन् ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का सीईओ अशोक पौडेललाई लिएर बबरमहल पुगेका मन्त्री यादवले यस्तो बताएका हुन् । ‘विद्युत् प्राधिकरणको गल्तीले घटना भएको हो । लाइन बिछ्याउने क्रममा गरेको गल्तीका कारणले पाइप फुटेको देखिन्छ । हामी र केयूकेएलसँग नसोधि काम गर्यो,’ उनले भने ।
मन्त्री यादवले पााइप ठूलो भएका कारणले त्यहाँ बाँकी भएको पानी आइरहेको बताए ।
प्रकाशित मिति : बुधबार, फाल्गुण ०१, २०८१ |
१८:१३:३३
2685



















