जनयुद्धलाई मेटाउने प्रयास गर्नेहरू खरानी हुन्छन् : प्रचण्ड
प्रकाशित मिति: बिहिबार, फाल्गुण ०२, २०८१ | १२:०८:४०
चितवन, ०१ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धलाई मेटाउने प्रयास गर्नेहरू खरानी हुने चेतावनी दिएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ३०औँ ‘जनयुद्ध दिवस’का अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो चेतावनी दिएका हुन् ।
“…हजारौँ सहिददहरूको बलिदानबाट, रगतबाट सिञ्चित यो प्रक्रिया, हजारौँ बेपत्ता योद्धाहरूको त्याग र तपस्याबाट सिञ्चित यो प्रक्रिया नेपालको समग्र प्रक्रियामा सयौँसयौँ वर्षसम्म रहनेछ,” उनले भने, “कसैले मेटाएर यो मेटिने छैन । जसले मेटाउने दुस्साहस गर्छ, उही नै खरानी हुन्छ भन्ने मेरो विश्वास छ ।”
प्रकाशित मिति : बिहिबार, फाल्गुण ०२, २०८१ |
१२:०८:४०
837