राप्रपाले बोलायो कार्यसम्पादन समिति बैठक
प्रकाशित मिति: बिहिबार, फाल्गुण ०९, २०८१ | १६:०१:४८
चितवन, ०८ फागुन । राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
फागुन १५ गतेका लागि बैठक बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले पुष्टि गरे । बैठक नियमित भएको बताउँदै श्रेष्ठले पार्टीको यसअघि भएको पार्टीको केन्द्रीय कार्यसमितिको बैठक, बैठकले गरेका निर्णयहरुको कार्यान्वयन, आन्दोलन, संगठानिक गतिविधिलगायतका विषयमा छलफल हुने बताए ।
यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको भिडियो सन्देशको विषयमा पनि स्वाभाविक रुपमा बैठकमा छलफल हुने उनको भनाइ छ । पूर्वराजाले देशको उन्नतिका लागि साथ दिन देशबासीलाई आह्वान गरेका थिए ।
प्रकाशित मिति : बिहिबार, फाल्गुण ०९, २०८१ |
१६:०१:४८
771