प्रधानमन्त्रीलाई मेयर बालेनले भने– नेपाली भएर बाँच्ने आधार त दिनुस्
प्रकाशित मिति: शुक्रबार, फाल्गुण १०, २०८१ | १२:३१:१६
चितवन, ०९ फागुन । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूलाई नेपाली भएर बाँच्ने आधार दिन आग्रह गरेका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै बालेनले आफूलाई मेयर हो भनेर बिर्सिन र नेपाली भएर बाँच्ने आधार दिन आग्रह गरेका हुन्।
“प्यारो प्रधानमन्त्रीज्यू, अमेरिकाले करप्ट भनिसक्यो, इन्डियाले भिकारी भनिसक्यो, चीनले मान्छे गन्दैन, मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाँच्ने आधार त दिनुस्,” बालेनले लेखेका छन् ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुण १०, २०८१ |
१२:३१:१६
991