एक सातापछि मन्त्रालय फर्किए अर्थमन्त्री पौडेल
प्रकाशित मिति: आइतबार, फाल्गुण १२, २०८१ | १५:२०:१४
चितवन, ११ फाल्गुन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आइतबारदेखि अर्थ मन्त्रालयको नियमित काममा फर्किएका छन् । फागुन ३ गते पोखरा महानगरपालिकाले आयोजना गरेको पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणाका क्रममा बेलुन विस्फोटमा परी उनी घाइते भएका थिए ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा दुई दिन सघन उपचारपछि डिस्चार्ज भएका उनले अत्यावश्यक काम निवासबाट गर्दै आएका थिए ।
एक सातापछि पौडेल सिंहदरबारस्थित अर्थ मन्त्रालय फर्किएका हु्न् ।
प्रकाशित मिति : आइतबार, फाल्गुण १२, २०८१ |
१५:२०:१४
2861



















