न्हुँ पोखरी संरक्षण गर्न ललितपुर महानगरले भत्कायो वडा कार्यालय
प्रकाशित मिति: सोमबार, फाल्गुण १३, २०८१ | १३:४२:२२
चितवन, १२ फाल्गुन । ललितपुर महानगरपालिकाले अनधिकृत रुपमा बनेका संरचनामाथि डोजर चलाएको छ । ललितपुर-५ मा रहेको न्हुँ पोखरी संरक्षण र पुनर्निमार्णका लागि ५ नम्बर वडा कार्यालयसहित अन्य अस्थायी तथा अनधिकृत संरचनामा सोमबार बिहान डोजर चलाएको हो ।
अनधिकृत संरचना भत्काउँदा महानगरले धुलो नउडोस् भनेर संगै पानी पनि प्रयोग गरेको छ।
उक्त भवन भत्काउने भएपछि वडा कार्यालय एक महिना अघि नै महालक्ष्मीस्थान स्थित एक भवनमा सरिसकेको छ।
प्रकाशित मिति : सोमबार, फाल्गुण १३, २०८१ |
१३:४२:२२
485