अचेत अवस्थामा भेटिएका मन्त्रीका स्वकीय सचिवको मृत्यु
प्रकाशित मिति: मंगलबार, फाल्गुण १४, २०८१ | १७:३७:०७
चितवन, १३ फाल्गुन । साथीको कोठामा अचेत अवस्थामा फेला परेका बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको उपचारको क्रममा मृत्यु भएको छ । कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा उनको सोमबार राति मृत्यु भएको हो ।
प्रहरीका अनुसार धादिङको धुनीबेँसी नगरपालिका–९ का ३६ वर्षीय थापा सोमबार दिउँसो कलंकीस्थित साथीको कोठामा अचेत भेटिएका थिए । उनलाई उपचारका लागि सहिद मेमोरियल अस्पताल लगिएको थियो । उपचारको क्रममा अस्पतालमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, फाल्गुण १४, २०८१ |
१७:३७:०७
441