एमालेको सचिवालय बैठक जारी
प्रकाशित मिति: आइतबार, फाल्गुण १९, २०८१ | १५:२२:४१
चितवन, १८ फाल्गुन । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि सुरु भएको बैठकमा सरकारले ल्याएका अध्यादेश पारित गर्ने विषयमा छलफल गर्ने बुझिएको छ । सत्ता–सहकार्यमा रहेको नेपाली कांग्रेस कांग्रेसले पनि दबाब बढाएपछि प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाएका हुन् ।
आँफैले ल्याएको अध्यादेश सदनबाट पारित हुने अवस्था नभएपछि प्रधानमन्त्री ओलीले दबाब महशुस गर्दै निर्णायक कदम चाल्ने रणनीति बनाउन लागेको बुझिएको छ ।
सरकारमै रहेको दलहरुले अध्यादेशको विरोध गरेपछि प्रधानमन्त्री ओली अप्ठ्यारोमा परेका छन् ।
प्रकाशित मिति : आइतबार, फाल्गुण १९, २०८१ |
१५:२२:४१
551