मनकामनाबाट फर्कंदै गरेको माइक्रो बस दुर्घटना : १ जनाको मृत्यु, १४ घाइते
प्रकाशित मिति: सोमबार, फाल्गुण २०, २०८१ | १२:५८:४५
चितवन, १९ फाल्गुन । गोरखामा माइक्रो बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गोरखाको सहिद लखन गाउँपालिका–३ स्थित आँबुखैरेनी–गोरखा सडकखण्डमा अनटेस्ट ईभी माइक्रो बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् ।
मनकामना मन्दिर दर्शनार्थी सवार ‘अनटेस्ट’ ईभी माइक्रोबस आज बिहान ११ः२५ बजे आँबुखैरेनी–गोरखा सडकखण्डमा दुर्घटना भएको हो ।
घाइतेहरु सबैलाई उपचारका लागि तनहुँको आँबुखैरेनी अस्पताल पठाइएको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति : सोमबार, फाल्गुण २०, २०८१ |
१२:५८:४५
727