संवैधानिक पदाधिकारी नियुक्तिविरूद्धको रिट हेर्दाहेर्दैमा
प्रकाशित मिति: बुधबार, फाल्गुण २२, २०८१ | १८:५५:३२
चितवन, २१ फाल्गुन । ५२ संवैधानिक पदाधिकारीविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले रिटलाई हेर्दाहेर्दैमा राखेको हो ।
बुधवार भएको सुनुवाइमा रिट निवेदकहरूको तर्फबाट सात जना कानुन व्यवसायीहरूले बहस गरेका थिए ।
बुधवारको सुनुवाइपछि संवैधानिक इजलासले अर्को पेसी चैत ६ गतेका लागि तोकेको छ ।
ओली नेतृत्वको सरकारले २०७७ र २०७८ मा अध्यादेशमार्फत १३ संवैधानिक निकायका कुल ६१ पदमध्ये रिक्त ५२ संवैधानिक पदाधिकारी नियुक्त गरेको थियो । अध्यादेशमार्फत गरेका ती नियुक्तिविरुद्ध अधिवक्ता ओमप्रकाश अर्याल, कीर्तिनाथ शर्मा, सुलभ खरेल, समृत खरेल, निशान्तबाबु खड्का, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले १५ वटा रिट दायर गरेका थिए ।
प्रकाशित मिति : बुधबार, फाल्गुण २२, २०८१ |
१८:५५:३२
507