पाल्पा डढेलोः चार सामुदायिक वनमा क्षति
प्रकाशित मिति: बिहिबार, फाल्गुण २३, २०८१ | १२:०७:२०
चितवन, २२ फाल्गुन । जिल्लाको रिब्दीकोट गाउँपालिका १ र २ को सिमानामा पर्ने संसारकोट डाँडामा गत मंगलबार दिउँसोदेखि लागेको आगो अझै निभाउन सकिएको छैन । अधिक पातपतिङ्गर र लगातारको हुरीका कारण आगो निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
करिब एक सय ७० हेक्टरमा फैलिएका चार वटा सामुदायिक वनमा क्षति भएको छ ।
डिभिजन वन कार्यालयका अनुसार देउरालीको लेक सामुदायिक वन, भारेखोला सामुदायिक वन, मधुवन सामुदायिक वन र वृन्दावन सामुदायिक वनमा क्षति भएको हो ।
आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीय लागिपरेका छन् ।
प्रकाशित मिति : बिहिबार, फाल्गुण २३, २०८१ |
१२:०७:२०
3961


















