गृह मन्त्रालयका ७ सहसचिवको सरुवा, काे कहाँ ? (सूचीसहित)
प्रकाशित मिति: बिहिबार, फाल्गुण २३, २०८१ | १२:१२:०६
चितवन, २२ फाल्गुन । गृह मन्त्रालयले ७ सहसचिवको सरुवा गरेको छ । प्रमुख जिल्ला अधिकारी रिक्त रहेका जिल्लामा सहसचिवको सरुवा गरिएको हो । गृह मन्त्रालयले आज सार्वजनिक गरेको सरुवा सूची अनुसार धर्मराज जोशी बाँकेमा सीडीओ भएर गएका छन् ।
त्यस्तै संखुवासभामा दिव्यराज पोखरेल,खोटाङमा नरहरि घिमिरे, रौतहटमा विनोद खड्का, ओखलढुंगामा विजयराज सुवेदी र नुवाकोटमा शशीधर घिमिरे सीडीओकोरुपमा पुगेका छन् । त्यस्तै नुवाकोटका प्रमुख जिल्ला अधिकारी रहेका रामकृष्ण अधिकारी गृह मन्त्रालयमा तानिएका छन् ।

प्रकाशित मिति : बिहिबार, फाल्गुण २३, २०८१ |
१२:१२:०६
3499
























